Featured Vidoes

Related Posts Plugin for WordPress, Blogger...

Friday, April 24, 2015

कहाँ बस्छौ अनि कहाँ को ठेगाना दिन्छौ !

भोकले ग्रस्त भएको एउटा भिखारी भिख माग्न यो सोचेर
मन्दिर अगाडी गएर बस्यो कि , "मन्दिरमा पुजा गर्न
आउनेहरु धार्मिक हुन्छन उनीहरुले अबश्य मलाई
केही खान दिनेछन !"
दिनभरी बस्दा पनि उसलाई कसैले केही
दिएनन, कसैले उसलाई हेर्न पनि चाहेनन् !
त्यस पछी उ चर्चमा गयो त्यहाँ पनि उसलाई कसैले
केही दिएनन, कसैले उसलाई हेर्न पनि चाहेनन् !
फेरी मस्जिदमा गयो त्यहाँ पनि उसको झोली
खालिनै रह्यो उसलाई कसैले केही दिएनन र हेरेनन् !
निराश भएको र थाकेको त्यो भिखारी एउटा
भट्टी अगाडी पुगेर आराम गर्न
बस्यो..................... केही समय
पछी भट्टी बाट मातेका मान्छेहरु निस्कन
थाले, भोकले मर्न लागेको त्यो भिखारीले आफ्नो हात
अगाडी फैलायो, मातेका ति मानिसहरुले ला खा भन्दै कसैले
सय, कसैले ५ सय दिए !
अनि भिखारीले आकाश तिर फर्कदै भन्यो वा भगवान तिम्रो
लिला---- कहाँ बस्छौ अनि कहाँ को ठेगाना दिन्छौ !

0 comments:

Post a Comment